बारामा उपेन्द्रलाई पछ्याउँदै शिवचन्द्र, पुरुषोत्तम र पुलिसका पूर्वहाकिम तलतिरै

बारामा उपेन्द्रलाई पछ्याउँदै शिवचन्द्र, पुरुषोत्तम र पुलिसका पूर्वहाकिम तलतिरै

उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ को जारी मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । 

हिजोदेखि शुरु भएको मतगणनाको प्रारम्भमा केहीबेर पछाडि परे पनि त्यसपछि लगातार अघि बढेका उनको अग्रता अहिले झन् फराकिलो भएको हो । पछिल्लो विवरणअनुसार यादवले १७ हजार ३९३  मत ल्याएका छन् । 

यादवलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १२ हजार १९० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका एमालेका पुरूषोत्तम पौडेलले ५ हजार ३१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार १६३ मतसहित चौथो छन् ।

टिप्पणीहरू