जताततै इदुलफित्रको रमझम

जताततै इदुलफित्रको रमझम

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ‘इदुलफित्र’ धुमधामसँग मनाइएको छ । मुसलमानहरुले एक महिनाको ‘रोजा’ अर्थात उपवासपछि आज इदुलफित्र मनाएका हुन् ।

इदुलफित्रलाई मुस्लिम धर्मावलम्बीच आपसमा खुशियाली साट्ने पर्वको रुपमा लिइन्छ । आजको दिन धनीले पर्याप्त दान दिन्छन् । 

विश्वमा झैँ काठमाडौंमा रहेका मुसलमानहरुले पनि बिहानैदेखि काठमाडौंका ‘मस्जिद’ मा भेला भएर सामूहिक नमाज पढेका छन् । घण्टाघरस्थित नेपाली जामे मस्जिद र दरबारमार्गको कश्मिरी तकिया मस्जिदमा ठूलो भीड लागेको  छ ।

आज इस्लाम धर्मावलम्बीहरुले इष्टमित्र र छिमेकीहरुसँगै बसेर मिठा खानेकुरा खाने चलन छ । उनीहरुले नयाँ पोशाक समेत लगाउँछन् । यस अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेताहरुले सो अवसरमा शुभकामना दिनुभएको छ ।

टिप्पणीहरू