छाती र पिसाबमा समस्या देखिएपछि राष्ट्रपति अस्पताल भर्ना

छाती र पिसाबमा समस्या देखिएपछि राष्ट्रपति अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पतालमा भर्ना गरिएको छ । उहाँको छाती र पिसाबमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको बताइएको छ ।

उहाँलाई अस्पतालको एनएक्स २ स्थित बेड नम्बर ६०२ मा राखेर उपचार गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

गत महिना पनि उहाँ पेटमा खराबी देखिएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।

टिप्पणीहरू