भारतबाट आउँदै गरेको मोटरसाइकलमा लागुऔषध

भारतबाट आउँदै गरेको मोटरसाइकलमा लागुऔषध

सिरहाको नवराजपुर नगरपालिकामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । लहान नगरपालिका–२ का महमद युनुस मियाँ र रविनकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झांँझपट्टीबाट खटिएको टोलीले उनीहरुलाई नवराजपुर नगरपालिका–३, जगतपुरबाट लागुऔषधसहित नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको स.२प. ९७३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा त्यसमा सवार उनीहरु लागुऔषधसहित फेला परेका हुन् । 

प्रहरीले उनीहरुको साथबाट ब्युपरेनोफ्रिन २७ एम्पुल, फेनेरगन २३ एम्पुल, डाइजापाम २५ एम्पुल र मोबाइल दुई थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गराई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू