युक्रेन युद्धबारे अमेरिकी गोप्य दस्तावेज बाहिरियो, शत्रु र मित्र दुबैको जासुसी गरेको देखियो

युक्रेन युद्धबारे अमेरिकी गोप्य दस्तावेज बाहिरियो, शत्रु र मित्र दुबैको जासुसी गरेको देखियो स्राेत : द न्युयाेर्क टाइम्स

युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ परेका छन् । २१ वर्षीय अमेरिकी एयर फोर्स नेसनल गार्ड ज्याक टेइसेइरालाई दस्तावेज चुहाएको आरोपमा गिरफ्तार गरिएको बताइएको छ ।

उनले युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै १०० वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट बाहिर ल्याएको आरोप लागेको छ । अमेरिकी रक्षा मन्त्रालयले जानाजान गोप्य सूचना चुहाइएको बताउँदै अभियुक्तलाई फौजदारी अभियोग लगाइने बताएको छ । 

मासाचुसेट्स एयर नेसनल गार्डमा कार्यरत ज्याकले अनलाइन च्याट ग्रुपमा उक्त दस्तावेज सार्वजनिक गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु दुवैको जासुसी गरेको दाबी गरिएको छ ।

टिप्पणीहरू