चौदण्डीगढीका मेयरका कर्मचारीले घूस मागेको अडियो सार्वजनिक

चौदण्डीगढीका मेयरका कर्मचारीले घूस मागेको अडियो सार्वजनिक

उदयपुरको चौदण्डीगढी नगरपालिकाको नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारीले घूस मागेको टेलिफोन वार्ता सार्वजनिक भएको छ । कर्मचारी देवप्रकाश राईले घूूस मागेको अडियो सार्वजनिक भएपछि नगर क्षेत्रमा सनसनी फैलिएको बताइन्छ ।

नगरप्रमुख कुलमान लामाले सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले फोनमार्फत रकम लेनदेनको संवाद गरेको रेकर्ड सार्वजनिक भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्ति जारी गर्दै उनले आजदेखि उनलाई नगरपालिकाको सेवाबाट हटाइएको जानकारी दिँदै निगरानीमा राखेर आवश्यक छानबिन गर्ने बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘निज कर्मचारी देवप्रकाश राईलाई आजकै दिनदेखि नगरपालिकाको सेवा करारबाट हटाइएको छ र निजलाई निगरानीमा राखी आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने व्यवहोरा जानकारी गराइन्छ ।’

प्रमुख लामाले प्रचलित कानूनभन्दा बाहिर गएर आम नगरबासीको सम्मानमा आँच आउने गरी कुनै पनि कार्य गर्न वा हुन नदिने प्रतिबद्धता जनाउँदै घटनाको बारेमा तत्काल छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही गर्ने समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

टिप्पणीहरू