भारतीय राजदूत मन्त्री भेट्न सिंहदरबारमा निरन्तर

भारतीय राजदूत मन्त्री भेट्न सिंहदरबारमा निरन्तर

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ । उहाँले आज बिहान ११ बजेको समयमा गृह मन्त्रालय पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग कुराकानी गर्नुभएको हो ।

आजै बिहान उहाँले मुख्य सचिव शंकरदास बैरागीसँग पनि भेट गर्नुभएको छ । मुख्यसचिवसँग भारतीय राजदूतले एक घण्टा बढी कुराकानी गर्नुभएको हो ।

राजदूत श्रीवास्तवले अस्ति पनि उद्योगमन्त्री रमेश रिजालसँग मन्त्रालय पुगेर भेटघाट गर्नुभएको थियो । उहाँ अघिल्लो बुधबार नयाँ दिल्ली जानुभएको थियो । नयाँ दिल्ली प्रस्थान गर्ने अघिल्लो दिन राजदूतले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटनुभयो । उहाँ आइतबार काठमाडौं फर्कनुभएको हो ।

टिप्पणीहरू