माधवका कमरेडको गलाभरी ओलीको खादा

माधवका कमरेडको गलाभरी ओलीको खादा

नेकपा एकीकृत समाजवादी रसुवा जिल्ला अध्यक्षसहितको टोली एमालेमा फर्किएको छ । 

जिल्ला कमिटी अध्यक्ष विष्णु देवकोटा, बागमती प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा र जिल्ला समन्वय समित सदस्य ठाकुर पौडेल संयुक्त रुपमा पार्टी परित्याग गरेर एमालेमा मिसिएका हुन् । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उहाँको हातबाट खादा लगाएर उनीहरु पुरानै घर फर्किए ।

 

एमालेमा विद्रोह गरी माधव नेपालले समाजवादी गठन गरेदेखि सो पार्टीको रसुवा जिल्ला अध्यक्ष रहँदै आएका देवकोटा स्थानीय तह निर्वाचनमा कालिका गाउँपालिका उपाध्यक्षको उम्मेदवार थिए । चुनाव हारेपछि पार्टीमा असन्तुष्ट रहँदै आएका उनी त्यतिबेलै एमालेमा जान इच्छुक रहेको बताइएको थियो ।

’मिसन ग्रासरुट’ मा व्यस्त जिल्लाका एमाले नेताहरुले अन्ततः देवकोटासहित अरु दुई जनालाई बालकोट पुर्याएर एमालेमा फिर्ता गराएका हुन् ।

टिप्पणीहरू