प्रधानमन्त्रीको ‘गुड फ्राइडे’ अबदेखि पेरिसडाँडामा
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातामा कम्तीमा एक पटक पार्टी मुख्यालय पुगेर कार्यकर्ता भेटघाट गर्नुहुने भएको छ । उहाँले हरेक शुक्रबार अपराह्न ४ देखि साँझ ६ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने कार्यतालिका मिलाइएको बताइएको छ ।
माओवादीमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुबैजना सरकारको काममा व्यस्त हुँदा पार्टीको सांगठनिक गतिविधि प्रभावित भएको गुनासो बढेपछि उक्त निर्णय गरिएको हो । प्रधानमन्त्री प्रचण्डपछिको वरीयताका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि वर्तमान सरकारमा उपप्रधानसहित गृहमन्त्री हुनुहुन्छ ।
टिप्पणीहरू