काँग्रेस बलियो पार्न शिक्षकहरुको भूमिका महत्वपूर्ण : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई मजबुत बनाउन शिक्षक संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टी संगठनलाई बलियो बनाउन शिक्षकहरुको ठूलो भूमिका हुने बताउनुभएको हो । 

दलमाथि प्रतिबन्ध लागेको कठिन समयमा नेविसंघसँगै शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै सभापति देउवाले काँग्रेसले शिक्षकलाई सम्मान गर्न नसकेको पनि उल्लेख गर्नुभयो । 

‘पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, काँग्रेसलाई मजबुत बनाउनुपर्छ’, सभापति देउवाले भन्नुभयो, ’काँग्रेसलाई बहुमत ल्याउने गरी सबैले सहयोग गर्नुपर्छ ।’

सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा चलिरहेको महाधिवेशनमा महामन्त्री गगन थापालगायत काँग्रेस सम्बद्ध शिक्षकहरुको उपस्थिति छ । 

‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको सङ्घको नवौँ संघीय महाधिवेशनमा देशभरबाट आएका सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

टिप्पणीहरू