एकनाथ ढकाल पूर्वतर्फ उडेको उड्यै
एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नियमित रुपमा विदेश उड्नेमध्ये एक हुन् । उनी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीझैँ नियमित रुपमा विदेश जानेमा पर्छन् ।
अन्सारी प्रायः दुबई जान्छन् भने ढकाल बैंकक, क्वालालम्पुर, मनिला, सोल र सिड्नी उड्ने गर्छन् । सोही क्रममा उनी आज थाइल्याण्डको राजधानी बैंककबाट फर्केका हुन् ।
ढकाल थाइ स्माइल एअरलाइन्सको उडान नम्बर डब्लुई ३१९ मा दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । यसअघि पनि उनी बैंकक, क्वालालम्पुर, मनिला र सिड्नी जाँदै आउँदै गरेका थिए ।
टिप्पणीहरू