अदालतको आदेशले रोकिएको स्ववियु चुनाव वैशाख ३ गते

अदालतको आदेशले रोकिएको स्ववियु चुनाव वैशाख ३ गते

पोखराको पृथ्वीनारायण क्याम्पसमा आउँदो वैशाख ३ गते स्ववियु निर्वाचन हुने भएको छ । उच्च अदालत,पोखराको निर्देशनपछि रोकिएको गत चैत ५ गतेको स्ववियु निर्वाचन वैशाख ३ गतेका लागि तय गरिएको हो । 

क्याम्पसको स्ववियु निर्वाचन समितिले कार्यतालिकासमेत प्रकाशित गरिसकेको छ । जसअनुसार आज १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने,अपरान्ह ५ बजेभित्र मतदाता सूचीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिनेछ । 

त्यस्तै,भोलि बिहान १० देखि १ बजेसम्म उम्मेदवारको लागि मनोनयनपत्र वितरण (प्रत्यक्ष र समानुपातिक दुवैको लागि) र २ देखि ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र नामावली दाखिला गर्ने कार्यतालिकामा उल्लेख छ । 

चैत ३० गते मध्यान्ह १२ बजेसम्म उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने अन्तिम समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, ४ बजे उम्मेदवारको नाम फिर्ता लिने र ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन समितिले जनाएको छ । 

वैशाख ३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
 

टिप्पणीहरू