भक्तपुरको सांगीतिक कार्यक्रममा सिन्ह्वाको क्यामरा

भक्तपुरको सांगीतिक कार्यक्रममा सिन्ह्वाको क्यामरा फाेटाे : सिन्ह्वा

नेपालको ऐतिहासिक नगर भक्तपुरको ‘दरबार स्क्यावर’ मा नयाँ वर्षको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रम गरिएको छ । 

सांगीतिक कार्यक्रमको आयोजना गर्दै आगामी नयाँ वर्ष वि.सं.२०८० लाई स्वागत गरिएको हो । अग्ला मन्दिरको तल्लो भागमा परम्परागत पोशाकमा सजिएका कलाकारको समूहले भव्य सांगितिक कार्यक्रम प्रदर्शन गरेका छन् । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार देवताको अवतारमा देखिएका कलाकारहरुको प्रस्तुति देखेपछि दर्शकहरु मख्ख परेका थिए । निकै आकर्षक देखिएको उक्त कार्यक्रम हेर्नेको भीड भक्तपुरमा लागेको थियो । गीत गाउँदै र ताली पिट्दै दर्शकहरु प्रस्तुतिको आनन्द लिइरहेका देखिन्थें ।

टिप्पणीहरू