प्रधानमन्त्री कार्यालयमा तीन घण्टा बैठक,सय जनाको उपस्थिति

प्रधानमन्त्री कार्यालयमा तीन घण्टा बैठक,सय जनाको उपस्थिति

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,सिंहदरबारमा आज राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा समितिको ५० औं बैठक बसेको बताइएको छ । 

एक सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा उपप्रधा तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, श्रममन्त्री शरतसिह भण्डारी, महिलामन्त्री महेन्द्र राय यादव, पर्यटनमन्त्री सुदन किराँती, कृषि मन्त्री बेदुराम भुसाल, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको उपस्थिति थियो ।

बिहान साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, मुख्यसचिव शंकरदास बैरागी, प्रधान सेनापति प्रभुराम शर्मा, संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतम, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि बैठकमा सहभागी भएका हुन् ।

टिप्पणीहरू