अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले भने ‘यौन सम्बन्धपछि लाखौं डलर दिएको आरोपमा राजनीतिक गन्ध छ’

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले भने ‘यौन सम्बन्धपछि लाखौं डलर दिएको आरोपमा राजनीतिक गन्ध छ’

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लागेको फौजदारी मुद्दामा अदालत पुगेर बयान दिएका छन् । उनी निजी विमान चढेर न्युयोर्कको एउटा अदालत पुगेका हुन् । झण्डै तीन दर्जन अभियोगको प्रतिवाद गर्दै उनले ती सबै राजनीतिक अभिप्रायबाट प्रेरित रहेको बताएका छन् ।

सात वर्षअघि अश्लिल चलचित्रकी एक नायिकालाई यौन सम्बन्धपछि सवा लाख डलर दिएको मुख्य आरोपमा बयान दिन उनी फ्लोरिडाबाट न्युयोर्क पुगेका हुन् । उनले अधिकांश आरोपमा आफू निर्दोष रहेको र सबै आरोपमा राजनीतिक अभिप्राय लुकेको बताएका छन् ।

अमेरिकी इतिहासमा पहिलो पटक अमेरिकी पूर्वराष्ट्रपतिलाई अदालतमा उभ्याइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उनले अमेरिकामा बाइडेन सरकारको बहालीपछि अव्यवस्था देखिएको, अर्थतन्त्र सुस्ताएको, महंगी बढेको र रुस तथा चीनसँग घाँटी जोडेको उल्टै आरोप लगाएका छन् । 

न्युयोर्कबाट फ्लोरिडा पुगेपछि उनले आफ्ना समर्थकहरुलाई झुठो मुद्दाको खुलेर विरोध गर्न आह्वान गरेका छन् ।

टिप्पणीहरू