शहरी विकास मन्त्रालयमा धरान र धनगढीका मेयरको पालैपालो प्रवेश
सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा धरान र धनगढी उपमहानगरपालिकाका मेयरहरु पुगेका छन् । धरानका मेयर हर्क साम्पाङ र धनगढीका मेयर गोपी हमाल विकासका एजेण्डा बोकेर त्यहाँ गएको बताइन्छ ।
आज बिहान साढे ११ बजेको समयमा धनगढीका मेयर हमाल मन्त्रालय पुगेका थिए । उनले सचिव सुरेश आचार्यसँगको भेटमा शहरी विकासका आफ्ना कार्यक्रम र योजना सुनाएका हुन् ।
हमाल निस्केपछि सचिव आचार्यको कार्यकक्षमा धरानका मेयर हर्क पुगेका थिए । उनी पौने १२ बजेको समयमा त्यहाँ पुगेर झण्डै आधा घण्टा कुराकानी गरेको जानकारी दिइएको छ । धरानका मेयरले आफ्नो नगर क्षेत्रमा देखिएको खानेपानी अभाव र त्यसको बजेटबारे कुराकानी गरेको मन्त्रालय स्रोतले बताएको छ ।
टिप्पणीहरू