क्याबिनेट बैठकअघि प्रधानमन्त्री र धरानका मेयरबीच छलफल

क्याबिनेट बैठकअघि प्रधानमन्त्री र धरानका मेयरबीच छलफल

आज दिउँसो क्याबिनेट बैठक बसेको छ । गत बिहीबार मन्त्रिपरिषद् विस्तारपछि आज ४ बजे बैठक डाकिएको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याबिनेट बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईबीच करिब २० मीनेट कुराकानी भएको हो । 

उहाँहरुबीच धरानको खानेपानीलगायत विषयमा छलफल भएको स्रोतले बताएको छ । आजै बिहान धरानबाट काठमाडौं प्रस्थान गर्नुअघि मेयरले सामाजिक सञ्जालमा धराने जनताको चाहना र आवश्यकताको कागजी भारी बोकेर काठमाडौं जान लागेको जानकारी गराएका थिए । उनले लेखेका छन्, ‘आशा गर्छु, श्रमदान गरेरै धरान देश बना भन्ने छैनन् त्यहाँका मानवहरुले ।’

टिप्पणीहरू