मन्त्री बनेसङ्गै मदिरा पार्टी,महिलालेसमेत ठाडो घाँटी

गत बिहीबार दिउँसो मन्त्री नियुक्त भएका महन्थ ठाकुर-राजेन्द्र महतोको लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीको निवासमा साँझ भव्य कक्टेल डिनरको आयोजन भएको छ । 

बधाई दिन फूलका गुच्छा र खादा बोकेर आएका तराई मूलका नातेदार र नेतासामु मन्त्री भण्डारीले स्याम्पेनको बोटल खोलेर फिँज निकालेका थिए । 

स्याम्पेन मुखमा हाल्न तराई मूलका महिलाहरु तँछाड मछाड गरेर ठाडो घाँटी लगाएको भिडियोमा देख्न सकिन्छ । त्यसपछि कक्टेल डिनरको आयोजना गरिएको स्रोतको दाबी छ । भण्डारी पञ्चायतकाल, प्रजातन्त्र पुनर्स्थापनाकाल र गणतन्त्रकालमा गरेर १८ औं पटक मन्त्री बनेका हुन् । उनी यस पटक श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका छन् । 

भण्डारीको पछिल्लो हर्कतबारे सामाजिक सञ्जालमा एक जनाले लेखेका छन् :

‘मस्ती छ जिन्दगी !

१८ औं पटकको मन्त्री शान,लाज सरम हुनुपर्दैन?

यस्ता सौखिन मन्त्रीहरूलाई यसैगरी प्रवर्धन गर्ने हो भने देशको हालत कहाँ पुग्ला ? हाम्रो देशको लोकतन्त्र यति छिटै किन यसरी स्खलित भयो ?  हामीले खोजेको र रोजेको शासक यस्तै हुन् ? 

विचार गरौं,जिन्दगी लामो छ,जनअपेक्षा ब्यापक छ ।’

 

टिप्पणीहरू