राजमार्गमा ग्यास बुलेट पल्टियो, एक जनाको मृत्यु

राजमार्गमा ग्यास बुलेट पल्टियो, एक जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडक खण्डमा ग्यास बुलेट पल्टिँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । दुर्घटना आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ४, लेवटारमा भएको बताइएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डीटी ६०५५ नम्बरको भारतीय ग्यास बुलेट सडक छेउमा पल्टिएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतक पुरुषको परिचय खुल्न सकेको छैन ।

एक जना घाइतेलाई स्थानीय ट्रमा सेन्टर, कुरिनटारमा प्राथमिक उपचारपछि थप उपचारार्थ पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । पल्टिएको सवारी साधन सडक छेउमा भए पनि सवारी आवागमन अवरुद्ध भएको छैन ।

अर्का घाइते चालक भारतको बरौजी निवासी अन्दाजी २८ वर्षका रामवतन ताती हुन् । उनको अनुहार र दाहिने हातमा चोट लागेको बताइएको छ । उनको ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ ।

टिप्पणीहरू