वसन्त ऋतुको मनमोहक वातावरणमा तिब्बतमा हुईंकिरहेको ‘बुलेट ट्रेन’

भिडियाे : सिन्ह्वा

विकासको दृष्टिकोणले कुनै समय निकै पछाडि रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रमा अहिले द्रुत गतिको रेल दौडिन थालेको छ । वसन्त ऋतुको मनमोहक वातावरणमा गुड्दै गरेको रेलले तिब्बतको विकासलाई छर्लङ पारेको बताइन्छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तिब्बतको यिङ्ची क्षेत्रमा बढ्दै गएको हरियाली, फूलको छेउबाट अन्य विकसित क्षेत्रमा झैँ द्रुतगतिको रेल दौडिएको छ ।

चीनमा द्रुत गतिको रेल सेवा शुरु भएको दुई दशक पुग्न लागेको छ । सन् २००४ मा सांघाईमा त्यस किसिमको रेल सेवाको प्रारम्भ भएको थियो । अहिले चीनमा द्रुत गतिको रेलमार्गको लम्बाई झण्डै २४ हजार किलोमीटर पुगेको छ । आगामी १२ वर्षमा यसको लम्बाई ७० हजार किलोमीटर पुर्याइने बताइएको छ ।

टिप्पणीहरू