चितवन २ का काँग्रेस उम्मेदवारले भने : नाकको डाँडी भाँच्नुपर्ने कसको रहेछ ?
नेपाली काँग्रेसबाट चितवन २ मा आगामी उपनिर्वाचनका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सोही क्षेत्रबाट यसअघि विजयी रवि लामिछानेसँग नाकको डाँडी भाँच्नुपर्ने सवाल तेर्साएका छन् ।
पार्टीले सो क्षेत्रबाट चुनाव उठाउने निर्णय गरेलगत्तै श्रेष्ठले पछिल्लो सय दिनको घटनाक्रमले नाकको डाँडी कसको भाँच्नुपर्ने भन्ने स्पष्ट भएको बताएका हुन् ।
‘कहिले कल्लाई समर्थन गरेको छ,कहिले कल्लाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउनु पर्दैन, किन हाल्यो । सरकारलाई समर्थन किन गरेको भनेर खुलाउन पर्ने नपर्ने ?’
लामिछानेको स्वतन्त्र पार्टीले अस्थिर राजनीति गरिरहेको आरोप लगाउँदै कांग्रेस उम्मेदवार श्रेष्ठले भने, ‘कहिले कल्लाई समर्थन गरेको छ,कहिले कल्लाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउनु पर्दैन, किन हाल्यो । सरकारलाई समर्थन किन गरेको भनेर खुलाउन पर्ने नपर्ने ?’
टिप्पणीहरू