प्रधानमन्त्रीको विरोध गरेका विप्लवलाई दुर्गा प्रसाईंले पेरिसडाँडामा सम्मान गर्ने

प्रधानमन्त्रीको विरोध गरेका विप्लवलाई दुर्गा प्रसाईंले पेरिसडाँडामा सम्मान गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा मूर्दावादको नारा लगाएर चर्चामा आएका तीनजना युवालाई मेडिकल बिचौलियाको रुपमा चिनिएका दुर्गा प्रसाईं ‘मार्सी’ ले सम्मान गर्ने भएका छन् । 

अघिल्लो मंगलबार नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहाल सहभागी एक कार्यक्रममा ‘आतंककारी प्रचण्ड मूर्दावाद’ को नारा लगाएका बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई मार्सीले सम्मान गर्न लागेका हुन् । भोलि अपराह्न साढे ४ बजे प्रसाईं संयोजक रहेको धर्म संस्कृति बचाउ महाभियानको कार्यालय पेरिसडाँडामा सम्मान कार्यक्रम राखिएको बताइएको छ । 

प्रधानमन्त्रीलाई व्यक्तिगत लान्छना लगाउने उग्र नारा लगाएका तीनै जनालाई प्रहरीले तत्काल पक्राउ गरेर अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा चलाएको थियो । जनही पाँच हजार धरौटी बुझाएर अस्ति रिहा भएका उनीहरुलाई बैंक तथा वित्तीय संस्थाविरुद्ध नारा लगाएकोमा मार्सीको संस्थाले सम्मान गर्न लागेको हो ।

टिप्पणीहरू