राष्ट्रपतिको उपस्थितिमा उद्यान हस्तान्तरण

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा पशुपति क्षेत्रमा निर्मित वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ । राधा माधव स्वामी र कोषद्वारा संयुक्त रुपमा निर्मित उद्यान हस्तान्तरण गरिएको बताइएको छ ।

हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
 

टिप्पणीहरू