पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेपछि राष्ट्रपतिको प्रतिक्रिया ‘सवारी नभनौं’

पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेपछि राष्ट्रपतिको प्रतिक्रिया ‘सवारी नभनौं’

आज बिहान गोरखा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले गोरखकाली मन्दिरको पूजा गर्नुभएको छ । उहाले पृथ्वीनारायण शाहका दुई वटा शालिकमा माल्यार्पण पनि गर्नुभएको छ ।

सेनाको हेलिकोप्टरमा सपत्नी गोरखा पुग्नुभएका राष्ट्रपति पौडेलले आफ्नो भ्रमण र यात्रालाई सवारी नभन्न आग्रह गर्नुभएको छ । गोरखामा जम्मा भएका जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिहरुसँगको कुराकानीमा उहाँले उक्त धारणा राख्नुभएको हो ।

उहाँ राष्ट्रपति बनेपछि आज पहिलो पटक राजधानी बाहिर जानुभएको हो । ‘सवारी शब्द सामन्तवादको प्रतीक हो,’ उहाँले भन्नुभयो ।

टिप्पणीहरू