क्यानडाबाट शरणार्थीहरुको ओइरो लागेपछि अमेरिका चिन्तित

क्यानडाबाट शरणार्थीहरुको ओइरो लागेपछि अमेरिका चिन्तित

सीमाना जोडिएको क्यानडाबाट पनि अमेरिकामा शरणार्थीहरुको ओइरो लाग्न थालेको छ । अवैध शरणार्थीलाई रोक्न अमेरिकाले क्यानडासँग सम्झौता नै गरेको छ । उनीहरुले सीमानामा रहेका अनौपचारिक ओहोरदोहोर विन्दु बन्द गर्ने निर्णय गरेका छन् । दुई देशबीच आज मध्यरातबाट लागू हुने गरी नयाँ सम्झौता भएको बताइएको छ ।

अबदेखि क्यानडाबाट जान खोज्नेलाई औपचारिक नाकाबाट प्रक्रिया पुर्याएर मात्रै अमेरिका प्रवेश गर्न दिइनेछ । यसअघि रोक्सहम सडक हुँदै धेरै आप्रवासी क्यानडाबाट अमेरिका छिरेका थिए । गत वर्ष उक्त सडक हुँदै ४० हजार आप्रवासी अमेरिका प्रवेश गरेका थिए । जबकी क्यानडाले दक्षिण र मध्य अमेरिकी मुलुकहरुबाट उत्पीडन र हिंसामा परेका १५ हजार आप्रवासीलाई शरणार्थीको दर्जा दिने कार्यक्रम नै लागु गरेको  छ ।

टिप्पणीहरू