ज्ञानेन्द्र शाहीलाई माओवादी नेताको प्रश्न : दरबार हत्याकाण्ड गर्नेलाई किन राजा बनाएको ?

ज्ञानेन्द्र शाहीलाई माओवादी नेताको प्रश्न : दरबार हत्याकाण्ड गर्नेलाई किन राजा बनाएको ?

माओवादी आन्दोलनविरुद्ध चर्का भाषण गर्दै आएका पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीको पछिल्लो अभिव्यक्तिको माओवादी नेताहरुले कडा प्रतिवाद गरेका छन्। 

राजतन्त्र फर्काउने भन्दै विगतदेखि नै अभियान चलाउँदै आएका र अहिले सांसद बनेका शाहीले अस्ति प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सामुन्ने उभिएर माओवादी जनयुद्धलाई आपराधिक युद्धको संज्ञा दिएका थिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक प्रतिनिधिसभामा संसदमा प्रस्तुत हुँदा विरोधको सूचना दिएका शाहीले अपराधीलाई उन्मुक्ति दिन विधेयक ल्याइएको टिप्पणी गरेका थिए ।

त्यसक्रममा उनले विधेयक मानव अधिकारका विश्वव्यापी मान्यताविरुद्ध रहेको दाबी गर्दै फिर्ता गर्न माग गरेका थिए । युद्धकालीन घटनालाई फौजदारी मुद्दासँग जोडेर उनले चर्को अभिव्यक्ति दिएपछि आक्रोशित भएका माओवादी नेताहरुले सामाजिक सञ्जालबाट जवाफ फर्काएका हुन् । नेता हिमाल शर्माले शाहीलाई सम्हालिएर बोल्न सुझाएका छन् ।      

आफूलाई मानव अधिकारको पक्षमा उभ्याएका शाहीलाई शर्माले दरबार हत्याकाण्डका अभियुक्तलाई राजा घोषणा गर्दा मानव अधिकार रक्षा भयो कि भएन भनेर प्रश्न पनि गरेका छन् । उनले फेसवुकमा लेखेका छन्, 'ज्ञानेन्द्र शाही भाई तपाई धेरै नकुर्लेकै राम्रो ! दरवार हत्याकाण्ड युवराज दिपेन्द्रले गरायो भन्छौ हैन र ? अनी तिनै हत्यारा भनिएका दिपेन्द्रलाई मृत्यु शैयाबाट किन राजा घोषणा गरेको त ? एक पटक सोध्नु त तपाईको आदर्शलाई !'

यसलाई राजतन्त्रात्मक व्यवस्थाको भद्दा मजाक भनेका माओवादी नेता शर्माले त्यो बेला जस्तो अपराध गरे पनि राजदरवारका सदस्यहरुले उन्मुक्ती पाउने र कानुनभन्दा माथि राख्ने गरिन्थ्यो भन्ने एउटा दृष्टान्त होईन र ? भनि सोधेका छन् । 

२४० वर्षे राजतन्त्रात्मक व्यवस्थामा राजा र उत्तराधिकारी बन्न थुप्रै काण्ड घटेको भन्दै उनले अहिले ठूला कुरा गर्नुको अर्थ नहुने बताएका छन् । 'ईतिहास पढेको सबैलाई थाहा छ, २४० बर्ष राजतन्त्रात्मक व्यवस्थामा राजा र उत्तराधिकारी बन्न कति कति काण्ड घटे ! आज जनताका छोराछोरी जो सुकै होस् राष्ट्रपती बन्न पाउने अधिकार पाएका छौ  ! यो उपलब्धीको सम्मान गरौ ! संयम भएर बोलौ !!'

माओवादीका अर्का युवा नेता तथा वाइसिएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले पनि ज्ञानेन्द्र शाहीलाई अराजक नहुन चेतावनी दिएका छन् । गणतन्त्रकै कारण शाहीले संसदमा बोल्न पाएको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘सदनमा प्रधानमन्त्रीका अघि तिमी अन्टसन्ट चिच्याइरहेका छौं नि यो तिमीले भगवान् मानेका राजाले दिएको अधिकार होइन, छातीमा गोली थापेर लडी ल्याएको अधिकार हो ।'

उनले अगाडि लेखेका छन्, 'तिम्रा राजाले त बोलेवापत गोली ठोक्थे । हामीले लडी ल्याएको गणतन्त्रमा सबै निर्धक्क बोल्न पाउँछन्, राजनीतिमा प्रतिस्पर्धा गर्न पाउँछन् ! यसका लागी रत्तिभर योगदान नभएका तिमीहरूले इमान छ भने लाज मानि-मानि बोल्नुपर्छ ।'

सापकोटाले शाहीलाई मानव अधिकारको चर्का कुरा नगर्न पनि भनेका छन् । उनी सोध्छन्, 'कुन मानव अधिकारको कुरा गरेको ? नमिता, सुमिता कि वीरेन्द्रको वंशनाशको ? कि मैना सुनुवारको ? हुती छ नमिता, सुमिताको मानवाधिकारबारे बोल्ने ?'

यो पनि...

1. चन्द्र ढकालले छाडे निफ्रा

2. सर्वोच्चका श्रीमानहरु श्रीलंका हुँदै फिर्ता

3. रविलाई उम्क्याउने निर्णयको कागज खोज्दै युवराज महान्यायाधिवक्ता कार्यालयमा

4. विदेशमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षा कोषमा आवद्धता सुनिस्चित

टिप्पणीहरू