उत्तर कोरियामा क्षेप्यास्त्र प्रक्षेपण र लाखौं सैनिक भर्ना सँगसँगै

उत्तर कोरियामा क्षेप्यास्त्र प्रक्षेपण र लाखौं सैनिक भर्ना सँगसँगै

उत्तर कोरियाले अमेरिकाबिरुध्द लड्न परेको अवस्थामा राष्ट्रिय सेनामा स्वेच्छाले भर्ती हुन आठ लाखभन्दा बढी युवाले इच्छा व्यक्त गरेको जनाएको छ । मुलुकको स्वाधीनताको निम्ति आफूहरु सेनामा भर्ना हुन इच्छुक रहेको ती युवाले बताएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

कोरियाले उक्त जानकारी दिएको भोलिपल्ट हिजो क्षेप्यास्त्र परीक्षणसमेत गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो प्रक्षेपण हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले हालै गरेको संयुक्त सैन्य अभ्यासको विरोधमा क्षेप्यास्त्र प्रक्षेपण गरिएको अनुमान विरोधीहरुको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तरको पछिल्लो क्षेप्यास्त्र आठ सय किलोमिटर परसम्म उडेको थियो । 

उत्तर कोरियाको पटक पटकको क्षेप्यास्त्र प्रक्षेपणको निशाना हिन्द–प्रशान्त महासागर क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टर रहेको अमेरिकी विश्लेषण छ । 

अमेरिका र दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यासको विरोध गर्दै केही दिनअघि पनि उत्तरले पनडुब्बीबाट दुई वटा क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । उसले क्षेप्यास्त्र परीक्षणलाई आफ्नो अधिकार एवम् प्राथमिकता बताउँदै आएको छ ।

टिप्पणीहरू