धादिङमा दुई क्याम्पसका संयुक्त गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारी विजयी

धादिङमा दुई क्याम्पसका संयुक्त गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारी विजयी

धादिङको बेनीघाट रोराङस्थित चन्द्रोदय बहुमुखी क्याम्पस र मलेखुस्थित जय बागेश्वरी बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचन जितेको छ । 

दुबै क्याम्पसमा नेपाली कांग्रेसको नेविसंघ र एमाले अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै क्रान्तिकारीको प्यानल नै विजयी भएको हो ।

जय बागेश्वरीको स्ववियु सभापतिमा गठबन्धनका तर्फबाट उठेका अनेरास्ववियुका विषम अधिकारीलाई पराजित गर्दै क्रान्तिकारीका नवराज त्रिपाठीले बाजी मारे । त्रिपाठीले ६२ मत ल्याउँदा अधिकारीले ३७ मत पाएका छन् । 

चन्द्रोदयमा गठबन्धन उम्मेदवार नेविसंघकी संगीता श्रेष्ठलाई पराजित गर्दै आफ्ना उम्मेदवार सञ्जित सुवेदी सभापति निर्वाचित भएको अखिल क्रान्तिकारीका एक जिल्ला नेताले जानकारी दिए ।
 

टिप्पणीहरू