कोशी प्रदेश विरोधीहरु फेरि सडकमा

कोशी प्रदेश विरोधीहरु फेरि सडकमा

कोशी प्रदेश नामकरणको विरोधमा आज पनि प्रदर्शन भएको छ । प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा विरोध गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । 

पहिचानपक्षधर संघ संस्थाहरुको अगुवाईमा हजारौंको उपस्थितिमा विराटनगरस्थित लोकतान्त्रिक चोकमा प्रदर्शन गरिएको जानकारी दिइएको छ ।

उनीहरुले कोशी प्रदेशको नाम तत्काल खारेजी र पहिचानसहित पुनः प्रदेशको नामकरण गरिनुपर्ने माग राखेका छन् ।

टिप्पणीहरू