बुटवललाई स्वास्थ्यमा अगुवा शहर बनाउन छलफल

बुटवललाई स्वास्थ्यमा अगुवा शहर बनाउन छलफल

बुटवलमा सञ्चालित स्वास्थ्य संस्थालाई विशिष्ट सेवा प्रदान गर्ने बनाउनका लागि सरोकारवालाहरुले सुझाव दिएका छन् । 

बुटवल उपमहानगरपालिकाद्धारा सेवा प्रवाह तथा विकासबारे भावी रणनीति तय गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग गरेको छलफलका क्रममा सरोकारवालाहरुले सुझाव दिएका हुन् । 

छलफलमा स्वास्थ्य संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशकहरुले बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउनका लागि विशिष्ट र आधुनिक सुविधासम्पन्न अस्पतालको आवश्यकतामा जोड दिए । साथै, त्यसका लागि उपमहानगरले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनीहरुले बताए । 

सरकारी नीति निर्माणमा संघीय सरकारले नीजि क्षेत्रलाई नियन्त्रणमुखी बनाउन प्रयास गरेकोले खुला नीति अवलम्बन गर्नसमेत सुझाव दिइएको छ । त्यस्तै, स्तरीय स्वास्थ्य सेवाका लागि सरकारी नीति प्रभावकारी भएको खण्डमा सरकारी र निजी क्षेत्रबीच समन्वयगरी विशिष्टीकृत सुविधा घरघरमा पुर्याउन तत्पर रहेको छलफलमा सहभागीहरुको भनाई छ ।
  
कार्यक्रममा बोल्नै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी सहर बनाउनका लागि निजी क्षेत्रले समेत स्तरीय सेवासुविधा प्रदान गर्नुपर्ने बताए । उनले संख्यात्मकभन्दा बढी गुणात्मक हिसाबले अस्पतालहरु स्थापना तथा सञ्चालन गर्नुपर्ने बताउँदै सहजीकरण तथा समन्वयका लागि बुटवल उपमहानगरपालिका तयार रहेको जनाए । 

बुटवललाई देशकै अगुवा सहर बनाउनका लागि बुटवल उपमहानगरपालिकाले योजना निर्माण गर्दै सेवा प्रवाहलगयातका विषयमा विज्ञहरुको राय सुझाव लिने अभियानको थालनी गरेको हो ।

टिप्पणीहरू