कुमारीको दर्शनपछि राष्ट्रपति शीतल निवास फिर्ता

कुमारीको दर्शनपछि राष्ट्रपति शीतल निवास फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेलले आज कुमारीको दर्शन गर्नुभएको छ । उहाँले आज दिउँसो ४ बजेको समयमा कुमारीको दर्शन गर्नुभएको बताइएको छ ।

कुमारी दर्शन गर्न उहाँ ४ बजे वसन्तपुरस्थित कुमार घर पुग्नुभएको थियो । झण्डै २० मीनेटपछि उहाँ कुमारी घरबाट शीतल निवास फर्कनुभएको हो ।

गत सोमबार पद तथा गोपनीयताको शपथ एवम् पदभार ग्रहणपछि राष्ट्रपति पहिलो पटक आज शीतल निवासबाट बाहिरिनुभएको हो ।

टिप्पणीहरू