जसपाद्वारा सहनाजको ठाउँमा मञ्जुको नाम सिफारिस

जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ रिक्त एक सदस्यका लागि मञ्जु अन्सारीको नाम सिफारिस गरेको छ । 

आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले उनलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको हो ।  

यसअघि समानुपातिक सांसद रहेका सहनाज रहमानको निधन भएपछि रिक्त सांसद पदमा सप्तरीकी अन्सारीको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको जसपाले जनाएको छ ।

टिप्पणीहरू