सपना श्रीमान कोलम्बो हुँदै माल्दिभ्समा, बंगलादेशका माननीय राजधानीमा

सपना श्रीमान कोलम्बो हुँदै माल्दिभ्समा, बंगलादेशका माननीय राजधानीमा

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान माल्दिभ्स जानुभएको छ । उहाँ आज श्रीलंकाको राजधानी कोलम्बो हुँदै त्यसतर्फ जानुभएको बताइएको छ ।

न्यायाधीश प्रधान श्रीलंकन एयरको उडान नम्बर युएल १८२ बाट दिउँसो सवा १ बजे काठमाडौंबाट प्रस्थान गर्नुभएको हो । आजै बंगलादेशका एक जना माननीय राष्ट्रसंघीय कार्यशाला गोष्ठीमा भाग लिन काठमाडौं आइपुगेका छन् ।

सांसद मोहम्मद सफिकुल इस्लाम राष्ट्रसंघीय पर्यटन संगठनको आयोजनामा शुरु भएको पर्यटन सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन आज दिउँसो सवा १२ बजे विमान बंगलादेशको उडानमा आएका हुन् ।

टिप्पणीहरू