एमालेमा बल्ल जुर्यो सँसदीय जिम्मेवारी दिने साइत

एमालेमा बल्ल जुर्यो सँसदीय जिम्मेवारी दिने साइत

नेकपा एमालेले संसदीय दलको प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । पार्टीले निवर्तमान स्वास्थ्यमन्त्री पदम गिरीलाई प्रमुख सचेतक र मकवानपुरका महेश बर्तौलालाई सचेतकमा नियुक्त गरिएको जनाएको छ ।

संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले गिरीलाई आज यी दुई पदमा नियुक्त गर्नुभएको हो ।

गिरी पर्वतबाट र बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । एमालेले नयाँ प्रतिनिधि सभामा हालसम्म यस्तो जिम्मेवारी कसैलाई दिएको थिएन ।

टिप्पणीहरू