सि तेस्रोचोटि रास्ट्रपति चुनिएकै दिन चिनियाँ पर्यटकका निम्ति नेपाल खुल्ला

सि तेस्रोचोटि रास्ट्रपति चुनिएकै दिन चिनियाँ पर्यटकका निम्ति  नेपाल खुल्ला

चीनका राष्ट्रपति सि जिनपिङ तेस्रो कार्यकालको निम्ति सर्वसम्मत निर्वाचित हुनुभएको छ । राजधानी बेइजिङमा जारी चिनियाँ जनकँग्रेसको १४ औं वार्षिक अधिवेशनले हिजो उक्त निर्णय गरेको हो । राष्ट्रपति सिलाई केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत पुनः चयन गरिएको छ ।

हिजै चीन सरकारले चिनियाँ पर्यटकहरुलाई नेपाललगायत अन्य २० वटा मुलुकमा पर्यटकको रुपमा जान सकिने निर्णय सुनाएको छ । झण्डै तीन वर्षअघि शुरु भएको कोरोना महामारीसँगै रोकिएको चिनियाँहरुको यात्रा गन्तव्य अब खुलेको छ । झण्डै एक महिनाअघि पनि चिनियाँ पर्यटक विश्वका २० वटा मुलुकमा जान सक्ने गन्तव्यबारे जानकारी दिइएको थियो ।

चिनियाँ पर्यटकको निम्ति चीन सरकारले खुल्ला गरेका मुलुकमा नेपाललगायत ब्रुनाई, भियतनाम,मंगोलिया, इरान,जोर्डन, तान्जानिया,नामिबिया, मरिसस,जिम्बाबे, युगाण्डा,जाम्बिया, सेनेगल,कजाकस्तान, उज्बेकिस्तान हुन् । यस्तै जर्जिया,अजरबैजान, अर्मेनिया,सर्बिया, क्रोयसिया,फ्रान्स,ग्रीस, स्पेन,आइसल्याण्ड, अल्बानिया,इटाली, डेनमार्क,पोर्चुगलमा पनि उनीहरु जान सक्नेछन् ।

यस्तै स्लोभेनिया, भानुआतु, टोङ्गा, सामोआ, ब्राजिल, चिली, उरुग्वे, पनामा, डोमिनिका, एल साल्भाडोर र बहामाजलाई पनि गन्तव्य सूचीको मुलुकमा समेटिएको छ ।

चीनको पछिल्लो निर्णयले सुस्ताउँदै गएको नेपालको पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ । अब नेपाली अर्थतन्त्रको विकासमा समेत उक्त निर्णयको विशेष प्रभाव पर्ने बताइएको छ

टिप्पणीहरू