स्वास्थ्यका तीन सय कर्मचारी एकैचोटी उक्लिए

स्वास्थ्यका तीन सय कर्मचारी एकैचोटी उक्लिए

स्वास्थ्य सेवा विभागले एकैपटक तीन सय कर्मचारीको बढुवा गरेको छ । 

दुई सय ९७ जना अहेव र चार जना ल्याब असिस्टेन्टलाई चौथो तहबाट पाँचौ तहमा बढुवा गरिएको हो । अहेब (सहायक चौथो) अन्तर्गतका विनोदकुमार शाही,भागिरथी भट्ट, सरिता लिम्बु,गोमा दाहाल,सुरजप्रसाद ढुंगाना ,भोजराज पोखरेल, रन्जित थापा मगर, रिनादेवी पुजारा, सरस्वती खनाललगायतको सिअहेब (सहायक पाँचौँ) मा स्तरवृद्धि गरिएको विभागले जनाएको छ । 

त्यस्तै, ल्याब असिस्टेन्ट (सहायक चौथो) अन्तर्गतकी जुनु श्रेष्ठ, सुरेशकुमार दास र पार्वती विश्वकर्माको वरिष्ठ ल्याब असिस्टेन्ट (सहायक पाँचौ) मा बढुवा गरिएको छ ।

टिप्पणीहरू