उत्तरपूर्वी भारतका मौरीपालकहरु मह काढ्नमा व्यस्त

उत्तरपूर्वी भारतका मौरीपालकहरु मह काढ्नमा व्यस्त

वसन्त ऋतुको आगमनसँगै भारतको उत्तरपूर्वी राज्य आसामका अधिकांश ग्रामीणबस्ती महमय बनेको छ । स्थानीय नागाउँ जिल्लाका मौरीपालक किसानहरु यतिखेर मह काढ्ने कार्यमा व्यस्त देखिन्छन् ।

कृषकहरुलाई यो ऋतुमा हरेक वर्ष मह उत्पादन गर्न भ्याइनभ्याइ हुन्छ । त्यहाँका स्थानीयहरु लामो समयदेखि मौरीपालनमा संलग्न रहेको चिनियाँ समाचार समिति सिन्हाले जनाएको छ । 

सिन्ह्वाले लेखेको छ, ‘मौरीपालकहरुले मौरी रहेको सेतो बाकस चरन क्षेत्रको नजिक लगेर राखिदिन्छन् । त्यसपछि ती मौरी फूलको रस चुसेर बाकसमा फर्कन्छन् र महको घारमा उक्त रस पोखिदिन्छन् । त्यहि महलाई पछि बाकसबाट सुुरक्षितसँग निकालेर प्रशोधन गरिन्छ ।’

टिप्पणीहरू