प्रधानमन्त्री भेट्न माधव नेपाल बालुवाटारमा

प्रधानमन्त्री भेट्न माधव नेपाल बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि कुराकानी भएको  हाे ।

अध्यक्ष नेपाल प्रधानमन्त्रीसँग झण्डै आधा घण्टाको कुराकानीपछि ११ बजे त्यहाँबाट बाहिरिनुभएको बताइन्छ । अस्ति साँझ जनकपुर जानुभएका नेपाल हिजो राति काठमाडौं फर्केपछि आज बिहान बालुवाटार पुग्नुभएको हो ।

टिप्पणीहरू