राष्ट्र बैंकले भन्यो : जथाभावी होइन, ब्याजदर बुझेर मात्रै ऋण लिनु

राष्ट्र बैंकले भन्यो : जथाभावी होइन, ब्याजदर बुझेर मात्रै ऋण लिनु

बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ब्याजदरबारे पूर्ण जानकारी नलिई ऋण स्वीकार नगर्न सचेत गराएको छ । ब्याज र आम्दानीमा तालमेल नहुँदा कर्जा भुक्तानीमा समस्या आउन सक्ने भन्दै राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क गराएको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्यक्तिगत कर्जा स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको पनि जानकारी गराएको छ । बैंकको सूचनामा भनिएको छ, ‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।’

स्थिर ब्याजदरमा कर्जाको उपयोग गर्दा ब्याज रकम बढ्दैन भने निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिने छ । यस्तो व्यवस्थाले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर नपार्ने राष्ट्र बैंकको भनाइ छ । 

बैंकहरुले गर्ने ब्याजदर निर्धारण र परिवर्तन हुने शर्त बुझेर मात्र कर्जाको उपयोग गर्न ऋणीलाई सूचनामा आग्रह गरिएको छ ।

टिप्पणीहरू