कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

यसअघि सीईओ छनोट समितिले हिजै तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीमध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको बताइएको छ । उनले भोलिदेखि कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।

उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । गुरुङसँग विदेशी बैंकमा समेत काम गरेको अनुभव छ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि २२ जनाले आवेदन गरेका थिए । पाँच जनाको नाम छनौट गरिएको थियो ।
 

टिप्पणीहरू