औषधी लिमिटेडको महाप्रबन्धकका लागि आवेदन आह्वान

औषधी लिमिटेडको महाप्रबन्धकका लागि आवेदन आह्वान

नेपाल औषधी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपूर्ति हुने भएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै औषधी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ । साथै, आवेदन दिन ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेका हुनुपर्ने बताइएको छ । 

त्यस्तै, महाप्रबन्धक हुनका लागि फार्मेसी वा प्रशासन विषय, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ्ग वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । 

सूचनामा भनिएको छ,‘नेपाल औषधी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा नियुक्त गर्नुपर्ने भएकाले देहायको योग्यता भएका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले २१ दिन कार्यालय समयभित्र यस मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौँमा आवेदन दिन जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू