प्रधानमन्त्री र भारतीय जीएमआर ग्रुपका अध्यक्षबीच बालुवाटारमा डिनर मिटिङ

प्रधानमन्त्री र भारतीय जीएमआर ग्रुपका अध्यक्षबीच बालुवाटारमा डिनर मिटिङ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय जीएमआर ग्रुपका अध्यक्ष निभास बोम्मिडालाले भेट गरेका छन् । प्रधानमन्त्री दाहाल र निभासबीच हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

जीएमआरका अध्यक्षसँगै माथिल्लो कर्णाली जलविद्युत परियोजनाका प्रमुख कुलमित कुल्तार पनि बालुवाटार गएका थिए । प्रधानमन्त्री र उहाँहरुबीच राति डिनर मिटिङ भएको स्रोतको दाबी छ ।जीएमआर भारतको राजधानी नयाँ दिल्लीस्थित बहुराष्ट्रिय कम्पनी हो ।

सन् १९७८ मा स्थापना भएको यो कम्पनीले विदेशका भौतिक पूर्वाधार, ऊर्जा, विमानस्थल र अन्य व्यवसायमा लगानी गर्दै आएको छ । यसका संस्थापक अध्यक्ष ग्रान्धी मल्किार्जुन राओ हुन् । उनैको नाम जीएमबाट कम्पनी स्थापना गरिएको थियो । 

नेपालको माथिल्लो कर्णाली जलविद्युत परियोजनामा पनि जीएमआरको लगानी छ ।

टिप्पणीहरू