साइकलयात्रीलाई हानेर ट्रक ड्राइभर बेपत्ता

साइकलयात्रीलाई हानेर ट्रक ड्राइभर बेपत्ता

रुपन्देहीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ । सियारी गाउँपालिका–७ कनरीका ५५ वर्षीय फुलचन्द्र गुप्ताको गएराति ना.६ ख ६७६६ नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएको हो । 

सोही गाउँपालिका–२ भगदरीमा उक्त ट्रकले साइकलयात्री गुप्तालाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा भैरहवाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिई फरार चालकको खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू