भारतीय नागरिक हत्याको आरोपमा नेपाली दम्पत्ति पक्राउ

भारतीय नागरिक हत्याको आरोपमा नेपाली दम्पत्ति पक्राउ

भारतीय नागरिक हत्याको आरोपमा एक दम्पत्ति पक्राउ परेको छ । बिहारका ४४ वर्षीय शेख आलिनामको हत्या आरोपमा प्रहरीले गुल्मीको एक दम्पत्तिलाई पक्रेको हो । सत्यवती गाउँपालिका वडा नम्बर १ का छविलाल अधिकारी र उनकी श्रीमती लेखकुमारी अधिकारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । 

गत माघ १२ गते बेलुका आलिनामको हत्या गरेको दम्पत्तिले स्वीकारेको छ । आलिनाम उनीहरुको होटलमा ‘पेइङ्ग गेष्ट’ का रुपमा बस्दै आएका थिए । फिट्टु हुनेगरी मादक पदार्थ सेवन गरेका आलिनामले छविलालकी श्रीमतीलाई यौनजन्य दुर्व्यवहार गरेको प्रहरी उपरीक्षक (एसपी) अर्जुन रानाभाटले बताए । 

त्यसैको रिसमा छविलालले सुत्न गएका आलिनाममाथि हथौडा प्रहार गरी हत्या गरेका हुन् । दम्पत्तिले हत्या गरेर शव नदीमा फालेको एसपी रानाभाटको भनाइ छ । गत माघ १९ गते शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

अनुसन्धानको क्रममा प्रहरीले दम्पत्तिलाई समातेको हो । उनीहरुले आफ्नो कसूर स्वीकार गरिसकेको प्रहरीको दाबी छ । यता,आलिनामको शव पोर्स्टमार्टमका लागि तम्घास अस्पतालमा राखिएको छ । उनको भिनाजु पर्नेले दम्पत्तिविरुद्ध जाहेरीसमेत दिइसकेका छन् । 

गुल्मी प्रहरीको हिरासतमा रहेका उनीहरुलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ ।
 

टिप्पणीहरू