दैलेखमा सवारी दुर्घटना, गाडीमा सवार सबै घाइते

दैलेखमा सवारी दुर्घटना, गाडीमा सवार सबै घाइते

दैलेखमा सवारी दुर्घटना हुँदा एक दर्जनबढी घाइते भएका छन् । सुर्खेतबाट कालिकोट जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको गाडी आज पाल्तडामा दुर्घटना भएको हो । 

गाडी सडकबाट ८० मीटर तल खसेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले बताए । उनका अनुसार गाडीमा चालकसहित १३ जना सवार रहेकोमा सबै घाइते भएका छन् । 

घाइतेको स्थानीय शाही मेडिकल हलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सवारी चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू