पिता लडेर बिते, छोरो उनलाई भेट्न जाने भन्दै झुण्डिए

पिता लडेर बिते, छोरो उनलाई भेट्न जाने भन्दै झुण्डिए

बुबाको मृत्युपछि एक किशोरले उनलाई भेट्न जाने भन्दै झुण्डिएर आत्महत्या गरेका छन् । सिन्धुपालचोकमा बुबा भर्याङ्बाट लडेर बितेपछि छोरोले पासो लगाएका हुन् ।

बाह्रबिसे बजारमा एक युवाले मृतक बुबाको सम्झना गर्दै झुण्डिएर आत्महत्या गरेको खुलासा भएको छ । पिता बितेपछि १९ वर्षका नवीन शाक्य आफ्नै घरको बरण्डामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार घटनास्थलमा पुग्दा उनको  छातिमा टाँसिएको कागजमा ‘म मेरो ड्याडीलाई भेट्न जान लागेको, मेरो अजिलाई राम्रो सँग हेरिदिनुहोला,’ लेखिएको छ ।

उनको बुबाको घरको भर्याङबाट लडेर गत शनिबार मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू