वर्षमान पुनको स्वास्थ्यमा समस्या, हेलिकोप्टरमा काठमाडौं ल्याइयो

वर्षमान पुनको स्वास्थ्यमा समस्या, हेलिकोप्टरमा काठमाडौं ल्याइयो

पूर्वमन्त्री तथा माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा समस्या आएको छ । गृह जिल्ला रोल्पामा रहेको अवस्थामा स्वास्थ्यमा पुनः समस्या देखिएपछि हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो ।

आज दिउँसो रोल्पामा उहाँको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि हेलिकोप्टर मगाएर काठमाडौं ल्याइएको बताइएको छ । काठमाडौं विमानस्थलबाट पुनलाई अस्पतालको एम्बुलेन्समा राखेर ४ बजे अल्का अस्पताल पुर्याएको हो ।

उहाँ यसअघि दुई पटक चीनमा उपचार गरेर फर्कनुभएको हो । पछिल्लो पटक नयाँ सरकार गठनको निम्ति उपचार छोट्याएर उहाँ स्वदेश आउनुभएको बताइएको थियो । उहाँलाई जटिल प्रकारको जण्डिसले पटक पटक दुःख दिँदै आएको छ । चीनमा उपचार गरेपछि स्वास्थ्यमा सुधार भएको पारिवारिक स्रोतले बताएको थियो ।

टिप्पणीहरू