एसिड पीडितको उपचार अब सरकारले गर्ने

एसिड पीडितको उपचार अब सरकारले गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एसिड आक्रमण पीडितलाई निःशुल्क उपचार गर्ने भएको छ । 

क्याबिनेटको निर्णयका आधारमा मन्त्रालयले ‘एसिड आक्रमणमा परेका पीडितलाई उपचारसम्बन्धी कार्यविधि २०७८’ बनाएर निःशुल्क उपचार दिने व्यवस्था मिलाएको हो । पीडितले आकस्मिका उपचारका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार पाउने मन्त्रालयले जानकारी दिएको छ ।

 त्यस्तै, आकस्मिक बाहेक अन्य उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा जानुपर्नेछ ।
 

टिप्पणीहरू