‘र’ का नेपाल प्रमुखले बोकेर ल्याउने कोशेलीको व्यग्र प्रतिक्षा

‘र’ का नेपाल प्रमुखले बोकेर ल्याउने कोशेलीको व्यग्र प्रतिक्षा

भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख आज काठमाडौं फर्कने कार्यक्रम छ । नेपाल स्टेशन प्रमुख राघवकुमार भट्नागर गत साता नेपालमा उत्पन्न अप्रत्यासित राजनीतिक विकासक्रमपछि रिपोर्टिङका लागि नयाँ दिल्ली गएका थिए ।

 ‘र’ को चिफले रिपोर्टिङ गरेर फर्केपछि आउने प्रतिक्रियाको निम्ति विशेषगरी नेपाली काँग्रेसका एकथरि र अमरेशकुमार सिंहजस्ता तराईका केही सांसद र नेता व्यग्र प्रतिक्षामा देखिएका छन् । गत साता फेरिएको राजनीतिक समीकरणलाई नयाँ ढंगले अघि बढाउन भट्नागरले केही न केही उपाय बोकेर आउने आशमा उनीहरु बसेको राजनीतिक वृत्तमा चर्चा गरिएको छ ।

गत मंसिर ४ गतेको आमनिर्वाचन अघि र परिणाम सार्वजनिक भएलगत्तै काठमाडौंस्थित भारतीय राजदूत र ‘र’ को चिफले निवर्तमान प्रधानमन्त्रीसँग गरेको नियमित भेटघाटले पनि उनीहरुको चासोलाई प्रष्ट पारेको थियो । उक्त चासोलाई केही पश्चिमा राष्ट्रका कूटनीतिज्ञले समेत मलजल गरेपछि बालुवाटारमा रहनुभएका त्यतिबेलाका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा अन्तिम क्षणसम्म आफ्नो अडानमा ढुक्क देखिनुभएको थियो ।

टिप्पणीहरू