यो जाडोमा,कस्तो हुने हो धनकुटाको खानाखजाना ?

यो जाडोमा,कस्तो हुने हो धनकुटाको खानाखजाना ?

पूर्वकै चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२३ को अवसरमा आजबाट तीन दिने खाना महोत्सव हुँदैछ । होटल एसोसिएसन भेडेटारले महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला,कृषि तथा घरेलु उत्पादन स्टल रहने होटल एसोसिएसन भेडेटारले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पदयात्रा र साइक्लिङ जस्ता खेलको पनि आयोजना गरिने जनाईएको छ । भेडेटारमा परिकार महोत्सव हुन लागेको यो १० औं पटक हो ।

टिप्पणीहरू